तुलसीपुर, ४ बैशाख । नेकपा माओवादी केन्द्रका महाधिबेशन आयोजक समिति सदस्य गिरीराजले केसी एमालेमा प्रबेश गरेका छन् ।

एमाले अञ्चल पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच उनले पार्टी परित्याग गरेका हुन् । २०५४ सालको मध्यावधिक निर्वाचनमा माले क्षेत्र नम्बर ३ बाट चुनाव लडेका केसी पछिल्लो समय नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । माओवादीले क्रान्ति गर्न नसेको भन्दै उनले एमालेमा प्रबेश गरेको बताए ।

उनीसहित नेपाल कम्युनिष्ट पार्टी पाँच नम्बर प्रदेशका संयोजक तुलसा केसी पनि एमालेमा प्रबेश गरेकी छिन् । नब प्रबेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल, वैकल्पिक पोलिट्व्युरो सदस्य भागवत विश्वासी, केन्द्रीय सदस्यहरु मेटमणी चौधरी, शान्ता चौधरी लगायतका नेताहरुले स्वागत गरेका हुन् ।