बिमल गौतम
तुलसीपुर, २९ चैत । तुलसीपुर बजारलाई सफा राख्नका लागि शुरु गरिएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानको ३४ औ हप्ताको सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुरु गरिएको अभियान अन्र्तगत आज शान्ति बजार टोलमा सरसफाई गरिएको छ । राप्ती बवई क्याम्पसको प्राङ्गनबाट सरसफाई शुरु गरिएको अभियानको शान्तिबजार चोकमा आएर समापन गरिएको थियो ।
शान्ति बजार टोल बिकास संस्थाको अगुवाईमा भएको आजको सरसफाई अभियानमा घोराहिमा रहेको भिक्टोरिया कलेजको समेत सहभागिता रहेको थियो । तुलसीपुरमा जारी अभियानमा कलेजका शिक्षक बामदेव भण्डारीको नेतृत्वमा आएका कलेजका ६० जना बिद्यार्थीहरु सहभागी बनेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सेवकराम भण्डारीको अध्यक्षतामा भएको आजको अभियानको राप्ति ववई क्याम्पसका कार्यबाहक अध्यक्ष मिनराज वलिले सरसफाई सम्वन्धि नारा लगाएर शुभारम्भ गरेका थिए ।











