दाङ, २१ जेठ
देउखुरीको गंगापरस्पुर–८ वाँकी र वडा नं. ६ खज्रौटाका अग्नीपितिलाई जस्तापाता सहयोग गरिएको छ । नपाल यूथ फाउण्डेसनले तिन लाख रुपैया वढीको ५० वण्डल जस्ता पाता अग्नीपितिलाई प्रदान गरेको हो ।kk

यूथ फाउण्डेसनका परियोजना सहायक पूर्ण प्रसाद चौधरीले हिजो एक कार्यक्रमको आयोजना गरि अग्नीपिडितलाई जस्ता पाता सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

परियोजना सहायक पूर्णप्रसाद चौधरीको अध्यक्षता एवम् गढवा उद्योग वाणिज्य संघका अध्यक्ष यूवराज पोख्रेलको प्रमुख आतिथ्यमा पिडितहरुलाई जस्ता पाता प्रदान गरिएको हो ।

गत चैत २९ गते आगलागी हुदा वाँकी र खज्रौटा गाउँका ५४ घर परिवार विस्थापीत भएका थिए ।।