दीपक बोहरा
तुलसीपुर, २८ चैत । शिक्षामा गरिब तथा सिमान्तकृत बालबालिकाहरुको पहुँच पु¥याउन तुलसीपुरमा बाल केन्द्रित तथा तहगत शिक्षण सिकाई तालिम शुरु भएको छ । ‘गरिब तथा सिमान्तकृत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षामा पहुँच अभिबृद्धि र स्थानिय अधिकार बिषयक कार्यक्रम अन्तरगत समाजमा वातावरणीय शिक्षाको बिकास (सीड)को आयोजना तथा आईएम नेपाल र एक्सन एड नेपालको सहकार्यमा आईतबारदेखि तालिम शुरु भएको हो ।
पाँच दिन सम्म चल्ने तालिममा दाङको धनौरी,बाघमारे, गोल्टाकुरी, उरहरी, ढिकपुर, मानपुर र फुलबारी गाबिसमा कार्यरत शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको छ । तालिममा बालकेन्द्रित शिक्षण सिकाई , बालअधिकार, बिद्यार्थीहरुलाई प्रयोगात्म बिधिलगायतका बारेमा बिषयमा जानकारी गराईने आयोजकले जनाएको छ ।
तालिमको प्रशिक्षकमा जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक नारायण पौडेल, स्रोत ब्यक्ति मुकुन्द रिजाल, कबिराज डाँगी, आरपी बिष्णु केसीलगायत रहेका छन् ।
साथै तालिमको आईतबार एक कार्यक्रमकाबीच उदघाटन गरिएको छ । सीडका कार्यक्रम संयोजक गद्दुलाल चौधरीको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक नारायण पौडेलको प्रमुख आतिथ्य एबं स्रोत ब्यक्ति कबिराज डाँगी र मुकुन्द रिजालको बिशिष्ट आत्थियमा कार्यक्रम तालिमको उदघाटन गरिएको हो ।
कार्यक्रममा बक्ताहरुले बिद्यालयहरु बालमैत्री हुनुपर्ने बताएका छन् । पछिल्लो समय बालबालिकाहरु बिद्यालय जाना नामान्ने समस्या रहेको भन्दै यसलाई हटाउन तालिमले भुमिका निर्बाह गर्ने बताएका थिए ।
सीडका सामाजिक परिचालक बिना खड्काले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पौडेलले तीब्र रुपमा प्रबिधिको बिकास भईरहेकाले बिद्यार्थीहरुलाई नयाँ तरिकाले अध्यापन गराउनु पर्ने बताए । त्यस अवसरमा माधब चौधरीले तालिमका बारेमा प्रष्ट पारेका थिए ।