घोराही, २५ चैत । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कार्यक्रम अन्तर्गत पुस्तक समीक्षा कार्यक्रमसम्पन्न भएको छ । लेखक रेशम विसीले प्रकाशित ‘युवाका गीत’ कविता संग्रहको आज समीक्षा गरिएको हो ।

feature0संग्रहको प्रलेसका केन्द्रीय सल्लाहकार शशीधर भण्डारी र साहित्यकार छमा पराजुलीले समीक्षा गरेका थिए । राप्ती साहित्य परिषद् दाङका कार्यबहाक अध्यक्ष नगेन्द्र गुरुको अध्यक्षता तथा प्राज्ञ उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यतामा एवं साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पुस्तक समीक्षा कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार रेशम विसीले ेलेका थिए ।