काठमाडौं, २६ चैत । सत्ता घटक दलबीच नेपाल प्रहरीको डीआईजीमा दोस्रो वरीयतामा रहेका प्रकाश अर्याललाई महानिरीक्षक (आईजीपी) बनाउने सहमति भएको छ ।
आईजीपीमा जयबहादुर चन्दको नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गर्दै पहिलो वरीयताका डीआईजी नवराज सिलवाललाई बनाउन आदेश दिएपनि सरकारले दोस्रो वरीयताका अर्याललाई आईजीपी बनाउन लागेको हो । राजधानीमा खबर छ । भोलि आइतबार ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले अर्याललाई आईजीपी बनाउने स्रोतको दाबी छ ।
सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाबीच अर्याललाई आईजीपी बनाउने सहमति भएको स्रोतको दाबी छ ।
सिलवाललाई नै आईजीपी बनाउदा कार्यपालिकामाथि सर्वोच्च अदालत हाबी हुने ठहरसहित उनीहरुले अर्याललाई आईजीपी बनाउन लागेको स्रोतको भनाइ छ । अहिले नेपाल प्रहरी निमित्त प्रमुखबाट चल्दै आएको छ ।