घोराही, २४ चैत । सीप सिकाएर आत्मनिर्भर गराउने उदेश्यले दाङको घोराहीमा दश दिने फाइबरको झोला बनाउने तालिम सुरु भएको छ । कुसुण्डा समुदायका महिलालाई आत्मनिर्भर गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

feature0जिल्ला समन्वय समिति दाङको लक्षित बर्ग कार्यक्रम र नेपाल कुसुण्डा विकास समाजको ब्यबस्थापनमा तालिम सञ्चालन गरिएको हो । सिमान्तकृत कुसुण्डा समुदायका पाँच जना महिलाहरु तालिममा सहभागी भएका छन् ।

तालिमको प्रशिक्षकमा चन्द्रा घर्ती रहनुभएको छ । बजारमा समान खरिद गरिसकेपछि विकल्पका रुपमा फाइबर झोला प्रयोग भइरहेको समयमा उक्त झोला बनाउने तालिम सञ्चालन भएको हो ।