शंकर केसी
सल्यान, २४ चैत । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छिन् ।
नेपाली चलचीत्र क्षेत्रमा छुट्टै पहिचान बनाएर धेरैको मनमा बस्न सफल झरणा थापा सल्यान लुहाम महोत्सवमा हजारौँ दर्शकहरुको साथ पाउन सफल भइन् ।
गत चैत्र १८ गते देखि शुरु भएको महोत्सवमा आज विहिबार लोक पप गायक टंक तिमल्सीना, दोभान सांस्कृतीक कला पुञ्ज दाङले विविध सांस्कृतीक र मनोरञ्जनात्मक प्रस्तुती राखेका थिए ।
भोली शुक्रबार चर्चीत मोडल तथा गायक दुर्गेश थापा, लोक दोहोरी गायक शक्ति चन्द, हांस्य कलाकार प्रकाश कडेल (गुलेली कान्छा) लगाएतका कलाकारहरु र दोभान सांस्कृतीक कला पुञ्ज दाङको विशेष नृत्य रहने पनि केसीले जनाएका छन् ।
गाउँवेशी सूचना केन्द्र सल्यानको मुख्य आयोजना र लुहाम बजार व्यवस्थापन समितीको सह आयोजनामा संचालन भइरहेको महोत्सव २७ गते सम्म जारी छ ।
