विराटनगर, २२ चैत । मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर बसेका छन् । कुरा मिलेर चुनाव भए भाग लिने नत्र हुन नदिने यस्तै रणनीति छ उनीहरूको ।

voteसंघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद जयराम यादव विराटनगरको मेयरमा उठ्ने चर्चाले नगर तातेको छ । फोरमका नेता कार्यकर्ताले पनि यो बहसलाई नकारेका छैनन् । यादव भन्छन्, ुराजनीतिक सहमति भई पार्टीले मलाई जिम्मेवारी दियो भने उठ्छु तर हाम्रा माग पूरा नहुन्जेलसम्म आन्दोलन गरिरहन्छौं ।ु केन्द्रमा कुरा नमिले चुनावमा भाग नलिने बरू अझ सशक्त आन्दोलन गर्ने उनले बताए ।

विराटनगरको मेयरमा कांग्रेस र एमालेले उम्मेदवार तय गरिसकेका छैनन् । लोकप्रिय र निकै दह्रो उम्मेदवार मानिएका यादव आए कस्तो रणनीति बनाउने भन्नेमा कांग्रेस÷एमाले अन्योलमा छन् ।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मोरङ निर्वाचन क्षेत्र नम्बर(१ का क्षेत्रीय अध्यक्ष मलिम उद्दिन भन्छन्, ुचुनाव सबैलाई चाहिएको छ । अझ स्थानीय निकायको चुनाव नहुँदा त जनताले धेरै दुःख पाइसके तर मधेसी समुदायले उठाएका माग सम्बोधन गरेर मात्र चुनाव गरिनुपर्छ ।ुउनले राजनीतिक दलले एक आपसमा सहमति कायम गरेर विवादको टुंगो लगाउनुपर्ने सुझाव दिए ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रञ्जित गोस्वामी आफूहरूलाई पनि चुनाव लागेको बताउँछन् । ुहामी चुनावको विरोधी होइनौुं, गोस्वामीले भने, ुतर पहिचानको पक्षमा संविधान संशोधन नभएसम्म हामी आन्दोलनमै हुन्छौं ।ु उनले पहिलो संविधान सभापछि पहिचानको पक्षमा उर्लंदो जनमत देखेर दलहरूले चुनाव नगरेको बताउँदै उनले यो पटक भने आफूहरूलाई अल्मल्याएर चुनाव गर्न लागेको आरोप लगाए । अन्नपूर्ण पोष्टबाट