दाङ, २१ चैत। दाङको घोराही नगरपालिका वडा नम्वर ७ राजपुरमा सञ्चालित एड्भान्स कटाई सिलाई तालिमको समापन गरिएको छ ।
आदिवासी जनजाती समन्वय समितिको आयोजना तथा साविक सौडियार गाविसको सहयोगमा सञ्चालित तालिमको एक कार्यक्रम गरी समापन गरिएको हो ।
समितिका अध्यक्ष टेकमान बुढाको अध्यक्षता तथा वडा सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापती धनबहादुर पुन,नेकपा एमालेका संयोजक थुरेन्द्रबहादुर ओली लगायतले बोलेका थिए ।
तीन महिना सम्म चलेको तालिमको प्रशिक्षकमा सुशिला चौधरी रहनुभएको थियो । तालिममा बिभिन्न वडाका ३० जनाको सहभागिता रहेको थियो ।










