नारायणपुर, १९ चैत । नेपाली कांग्रेस त्रिपुर नगर समितिको गाँउ जागरण अभियान अन्तरगत आज सावित्र त्रिपुरको वडा नम्बर ६ गुर्जेमा जगरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर सभापति दिपक पाण्डेको अध्यक्षता एवं महासमिति सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निर्वाचनकालागी तयारी भएर सक्रियताकासाथ लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा महासमिति सदस्य टेकबहादुर डाँगी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष बमबहादुर डिसी, महात्रिवेशन प्रतिनीधी गिरिराज वली, कांग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य निर्मल न्यौपाने, कमानसिंह भारति, बालिका लम्साल, महिला संघका पुष्पा श्रेष्ठ, महिला संघ क्षेत्र नम्बर ३ का अध्यक्ष जानका केसी, कांग्रेस नेता हरि रजौरियाले मन्तव्य राखेका थिए ।
कुलबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बासुदेव गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण निमबहादुर खड्काले गरेका थिए ।











