काठमाडौं, १९ चैत । नेपालमा पनि आजदेखि युरो फोर मापदण्डको इन्धन आउने एको छ । भारतले आफ्ना रिफाइनरीबाट पूर्ण क्षमतामा युरो फोर मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेपछि नेपालमा पनि त्यही गुणस्तरको इन्धन आउने भएको हो ।
झण्डै एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि शनिबारदेखि भारतबाट युरो फोर मापदण्डको मात्र इन्धन लोड हुने आयल निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए।
युरो फोर मापदण्डको इन्धन लोड भएका ट्याङकर आएपछि केही दनभित्रै बिक्री सुरु गर्ने तयारी छ । यसअघि नेपालमा भारतबाट ल्याएर युरो थ्री मापदण्डको डिजेल पेट्रोल बिक्री हुने गरेको थियो ।
