घोराही, १७ चैत्र । हुण्डाईको ‘न्यु फेस लिफ्ट ग्राण्ड आईटेन’ गाडीको दाङमा विक्री शुभारम्भ भएको छ । हुन्डाई गाडिको राप्ति अञ्चल आधिकारीक विक्रेता न्यु राइडर अटो वल्र्ड प्रालि घोराही दाङले विहीवार घोराहीस्थित शोरुममा एक कार्यक्रम गरी उक्त नयाँ गाडी सार्वजनिक गरेको हो ।

17692244_1248934195160849_127937318_oविहिवार सोरुमका सञ्चालक सुरज शाक्यको उपस्थितीमा नयाँ गाडीको सार्वजनिक गरीएको थियो । नयाँ वर्षको अवसर पारेर हुन्डाई मोटर्सले बजारको परीवर्तित चाहना र ग्राहकको बढ्दो आकाङ्क्षालाई प्राथमीकतामा राख्नेक्रमलाई निरन्तरता दिदै नयाँ गाडि सार्वजनिक गरेको सञ्चालक शाक्यले बताउनु भयो । उहाले सार्वजनिक गरिएको गाडीको लुक्सका साथै इञ्जिन पनि उच्च प्रविधियुक्त भएको जानकारी दिनु भयो । गाडीभित्र स्पेस ठूलो भएकोले ५ जनाको परिवार सहजै यात्रा गर्न सक्ने उहाले बताउनु भयो । यो गाडी इन्धन खपतमा समेत प्रभावकारी रहको शाक्यको भनाइ छ ।

17622953_1248934371827498_842517242_oशोरुमका अनुसार गाडीको प्रमुख विशेषताहरुमा हाइटेक फिचर, इम्पु्रभ्ड पर्फर्मेन्स, फ्युल इफिसेन्सीलगायत रहेका छन् । सञ्चालक शाक्यले ‘ग्राण्ड आईटेन’ आफ्नो वर्गको उत्कृष्ट उत्पादन भएको पनि जानकारी दिनु भयो । ‘सुरुवातदेखि नै अधिक ग्राहकले उक्त गाडी रुचाएको र उनीहरुको मन जित्न सफल भएका छौ, आउँदा दिनमा पनि सोही किसिमको अनुभव बटुल्ने कम्पनिको विश्वास छ–शाक्यले भन्नुभयो । ६ वटा रंग र विभिन्न मोडलमा उपलब्ध यो गाडीको बजार मूल्य २६ लाख ९६ हजारदेखि ३२ लाख ५६ हजार रूपैयाँसम्म तोकिएको शोरुमका सेल्स म्यानेजर हरी जिएमले जानकारी दिनु भयो ।

17692743_1248934205160848_1648129235_oकम्पनीले ग्राण्ड आर्इ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार,म्याग्ना एटीको ३० लाख ५६ हजार,स्पोर्टसको २८ लाख ९६ हजार,स्पोर्टस ओ एटीको ३४ लाख ५६ हजार, स्पोर्टस ओको ३० लाख ५६ हजार र आस्थाको ३२ लाख ५६ हजार रुपैयाँ मूल्य तोकेको जिएमको भनाई छ ।