चैत्र १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित विभिन्न साना दलले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

baburam prachandaआज साझ बालुवाटारमा संयुक्त ज्ञापनपत्र बुझाउँदै संसदमा रहेका दलहरुले मात्रै देशैभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीले ऐनमा भएको व्यवस्था परिवर्तन गर्न संसदमा बहुमत चाहिने र त्यसका लागि प्रमुख राजनीतिक दलबीच समझदारी हुनुपर्ने भएकाले यस विषयमा तुरुन्तै नेपाली कांग्रेस, एमालेसहितका पार्टीसँग छलफल गर्ने बताउनु भयो ।