दिपक बोहरा
दाङ, १५ चैत । करिब २० बर्षपछि हुन लागेको स्थानिय तहको निर्बाचनबाट दाङमा ५ सय ४३ जनप्रतिनिधि चुनिदै छन् । जनताको घरदैलोको सरकार मानिने स्थानिय तहमा दाङका पाँच सय ४३ प्रतिनिधिलाई जनताले चुन्न लागेका हुन् ।

voteनयाँ संरचना अनुसार दाङमा दुई उपमहानगरपालिका , एक नगरपालिका र सात गाउपालिका गरि दश स्थानिय तह छन् । दश स्थानिय तहमा १० जना अध्यक्ष तथा मेयेर, १० जना उपाध्यक्ष तथा उपमेयेर रहने छन् । उपमहानगरपालिका र नगरपालिकामा मेयेर र उपमेयेर तथा गाउपालिकामा अध्यक्ष र उपाध्यक्ष रहने ब्यबस्था रहेको निर्बाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए ।

कार्यकारी अधिकार मात्र नभई व्यवस्थापिका र न्यायपालिकासम्बन्धी पनि केही अधिकार प्रत्यायोजन गरिएका स्थानीय सरकार अन्तरगत दश स्थानिय तह रहेको दाङमा एक सय वडा रहेका छन् । ती प्रत्येक वडाबाट एक सय वडा अध्यक्ष चुनिने छन् भने एक सय वडामा एक सय दलित महिला वडा सदस्य , एक सय महिला सदस्य, दुई सय खुल्ला वडा सदस्य चयन हुने छन् । साथै प्रत्येक गाउ सभाबाट २ अल्पसंङ्ख्यक र दलित सदस्य गरि ७ गाउपालिकाका १४ सदस्य र प्रत्येक नगर सभाबाट दुई उपमहानगरपालिका र एक नगरपालिका ३ अल्पसंख्यक र दलित सदस्य गरि ९ जना सदस्य मनोनित हुने छन् ।

बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा ७ जनालाई मतदान गर्न पाउने छन् । मतदाताले मेयेर तथा अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना , वडा अध्यक्ष एक जना, सदस्य चार जना गरि ७ जनालाई मतदान गर्न पाउने छन् ।

२ सय १० महिलाको प्रतिनिधित्व हुने
लामो समय देखी स्थानिय निकाय जनप्रनिधि बिहिन भएको बेला सरकारले स्थानिय तहमा महिलाको करिब ५० प्रतिसत प्रतिनिधित्व गराउने तयारी गरेको छ । जस अन्तरगत स्थानिय तहको निर्बाचनमा दाङमा २ सय १० जना महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउपालिका गरि १० स्थानिय तह छन् भने एक सय वडाहरु रहेका छन् । हरेक वडावाट एकजना अध्यक्ष र ४ जना सदस्य निर्वाचित हुनेछन् भने २ जना महिला निर्वाचित हुनुर्पे ब्यवस्था रहेको छ । वडामा निर्वाचित हुने २ जना महिलामा एकजना दलित समुदायको र अर्कौ अन्य समुदायको महिला हुनुपर्ने छ ।

जस अनुुसार दाङमा निर्वाचनवाट कुल दुई सय १० जनाको प्रतिनिधित्व रहने निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार हरेक स्थानीय तहमा गाँउपालिका वा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा एक जना महिला उमेदवार उठाउनु पर्ने संविधानिक ब्यवस्था रहेको छ ।

जस अनुसार दाङमा गाँउपालिकका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकको मेयर वा उपमेयरमा मात्रै १० जना महिलाको उमेदवारी हुने निश्चित नै रहेको छ । यस्तै हरेक वडावाट २/२ जना महिला गरि दुई सय जना महिलाको प्रतिनिधित्व हुनेपनि पक्का नै देखिएको छ । यस्तै जिल्लामा गाँउपालिकका २÷२ जना र नगरपालिकमा ३÷३ मनोनीत हुने निर्वाचन कार्यालय दाङका सुचना अधिकारी कुवँरले जानकारी दिए । जस अनुसार जिल्लाको हरेक गाँउपालिकमा २ जना र नगरपालिकामा ३ जना मनोनित हुनुपर्ने निर्वाचन आयोगले ब्यवस्था गरेको छ ।

मनोनित हुनेमा अल्पसंख्यक, अपाङ्ग, सिमान्तकृत जस्ता पिछडिएका ब्यक्ति हुनुपर्ने छ । दाङमा १ सय ५१ मतदान स्थाल तोकिएको छ भने दुई लाख ९१ हजार ८ सय मतदाता छन् ।