इन्द्रेणी संवाददाता
घोराही, २० जेठ ।
हरप्लेस दाङको आयोजनामा घोराही नगरका युवाहरुको लागि द्धन्द समाधान र शान्ति निर्माण सम्वन्धी तीन दिने नगर स्तरिय तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा लागुगर्न सकेमात्र तालिम लिएको उपलब्धी हुने बताएका थिए ।
कार्यक्रममा द्धन्द विना विकास असम्भ रहेकाले सकारात्मक द्धन्द अति आवश्यक रहेको बक्ताहरुले बताएकाथिए । द्धन्दलाई सहि तरिकाले उपयोग गर्न नसके ठुलो हिंसा पनि हुने गरेकोले समयमा द्धन्दलाई व्यवस्थापन सक्नुपर्ने बताएका थिए ।
समापन कार्यक्रममा घोराही नगरपालिका शाखा अधिकृत सुवोध रेग्मी, हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद केसी, सुनिता विएम (थापा) , तालिमको सहभागिको तर्फबाट पूजा चौधरी र निर्मल विक लगायतले बोल्नुभएको थियो । तालिम समामन कार्यक्रमको सहजीकरण हरप्लेस दाङको फिल्ड कार्यक्रम सहायक सन्तोष दहितले गर्नुभएको थियो ।
युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा केहि सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको थियो । सोमवार देखि सुरुभएको तालिममा घोराही नगरपालिकाका ११ वडाबाट २२ जना युवाहरुको सहभागिता रहेको थियो । तालिमको परामर्शदातामा कुलबीर चौधरी, सुवोध रेग्मी, विनोद केसी, सुनिता विएम र सन्तोष दहित रहुनुभएको थियो ।