दाङ, ११ चैत । राप्ती साहित्य परिषद् दाङशाखाको नियमित कार्यक्रमको छन्द संगमको ३९ औं श्रृखला आज शुक्रवार घोराहीमा सम्पन्न भएको छ ।
शाखाका कार्यबहाक अध्यक्ष नगेन्द्र गुरुको अध्यक्षता तथा प्राज्ञ उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यकार गोमा गिरी, गोपाल भुषाल अभिलाषी, कमला रिजाल, कमला रावत, प्रकाश केसी, खगराज न्यौपानेले कविता बामचन गरेका थिए । बाचित कविताको टिप्पणी लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपानेले गरेका थिए ।