घोराही,९ चैत्र । साविक सौडियार हाल घोराही उपमहानगपालिका वडा नम्बर ७ को वडा कार्यालय स्थापनाको माग गर्दै त्यस क्षेत्रका स्थानियवासिहरुले घोराही उपमहानगरपालिकामा बुधवार ज्ञापनपत्र बुझाएका छन् । सौडियार सामुदायिक अध्ययन केन्द्र र विभिन्न राजनितिक दलको अगुवाइमा त्यस क्षेत्रका नागरीकहरुले पर्याप्त जग्गासंगै विच भागमा पर्ने भएकाले सौडियारमा तत्काल वडा कार्यालय स्थापना गरी सेवा सुचारु गर्न आग्रह गर्दै घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रशाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।
यसपुर्व घोराही उपमहानगरपालिकाको वडा नम्बर ६ र ७ को वडा कार्यालय वडा नम्बर ६ वाट संयुक्तरुपमा सञ्चालन गर्ने तयारी गरेपछि उनिहरुले त्यो कार्य नयाँ स्थानिय संरचनाको मुल्यमान्यता विपरीतसंगै युक्तीसंगत नहुने तर्क गर्दै वडा कार्यालय स्थापना गर्न उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । अध्ययन केन्द्रका अध्यक्ष चेतु भण्डारिको नेतृत्वमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापती भुपबहादुर डागि, कांग्रेसका पुर्ब महाधिबेसन प्रतीनिधि भिमप्रकाश खड्का, राप्रपाका पुर्ब केन्द्रिय सदस्य तीलकराम शर्मा मजगैया, अध्ययन केन्द्रका सुचना सयोजक निसानदाजु भट्टराईसहीतकोे डेलिगेसन टोलिले सयुक्तरुपमा कार्यकारी अधिकृत सापकोटालाई लाई ज्ञापन पत्र बुझाउनु भयको थियो ।
ज्ञापन पत्र बुझाउन सामुदायिक अध्ययन केन्द्रका साथै स्थानीय तहमा क्रियासिल दलका नेताहरुको सहभागीता रहेको थियो । ज्ञापनपत्र बुझ्दै कार्यकारी अधिकृत सापकोटाले वडा नम्बर ७ का वडावासिहरुको मागप्रति आफु गम्भिर रहेको र केही दिनभित्रै स्थानियस्तरवाट सेवा प्रवाहका लागि वडा कार्यालय स्थापना गर्न उपमहानगरपालिका तयार रहेको जानकारी दिनु भयो । उहाले वडावासिको सर्वदलिय÷सर्वपक्षिय निर्णय आउनासाथ आफुले सौडियारको साझा भवनमा तत्कालका लागि कार्यालय स्था्पना गर्नुका साथैै कर्मचारी खटाउने पनि प्रतिवद्धता जनाउनु भयो । कार्यालय सन्चालन रहने भवनसंगै निकट भविष्यमा बन्ने कार्यालय भवनका लागि आवश्यक पर्ने सौडियाको साझा भवन रहेको जग्गाको मंगलवार नै आफुले स्थलगत अवलोकन गरीसकेको र त्यो जग्गा र ठाउ उपयुक्त रहेको कार्यकारी अधिकृत सापकोटाको भनाई थियो । कार्यक्रमको विषयबस्तुमाथि नेपालि कागे्रस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगिले प्रकाश पार्नु भएको थियो भने सहजिकरण पत्रकार निशानदाजु भट्टराइले गर्नु भएको थियो ।
सर्वपक्षिय कार्यक्रमको संयोजन गर्ने जिम्मा भट्टराइलाई
यसैविच वडा नम्बर ७ को वडा कार्यालय स्थापनाका लागि यहि चैत्र १२ गते शनिवारका दिन सौडियारमा सर्वपक्षिय÷सर्वदलिय छलफल हुने भएको छ । वडा कार्यालय स्थापनाका लागि आवश्यक जग्गा, भवन निर्माणलगायतका विषयमा हुन लागेको छलफल कार्यक्रमको संयोजन गर्ने जिम्मा पत्रकार निशानदाजु भट्टराइलाई दिईएको छ । घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रशाद सापकोटा र डेलिगेसन टोलिले छलफल कार्यक्रमको संयोजन गर्ने जिम्मा भट्टराइले दिएको हो ।
वडा सचिवको उपस्थितीमा हुने भेलाले वडा कार्यालय स्थापना गर्नका लागि आवश्यक जग्गा, भवन निर्माणसंगै स्त्तरोन्नतीका लागि जग्गाा खरीद लगायतका विषयमा निर्णय गरी उपमहानगरपालिकालाई पठाउने अध्ययन केन्द्रका सल्लाहकार केशव केसिले जानकारी दिनु भयो । यता, घोराही उपमहानगरपालिकाले बुधवार नै वडा नम्बर ७ को सौडियारमा पुगेर वडा कार्यालयको भवन र भवन निर्माण स्थलको संयुक्तरुपमा वोर्ड टागेको छ । नागरीक दवावपछि उपमहानगरपालिकाले आफ्नो प्रतिनिधी खटाएर वडा कार्यालयको भवन र भवन निर्माण स्थलको संयुक्तरुपमा वोर्ड टागेको हो । स्थानियवासिहरुको उलेख्य सहभागिताता वोर्ड टागिएको थियो । वोर्ड टागिएपछि स्थानियवासिहरु खुसि भएका छन् ।