तुलसीपुर, ९ चैत । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति कर्मचारी युनियनले आज बुधवार एक कार्यक्रम गरी विभिन्न व्यक्तिहरुलाई सम्मान एवं वधाई ज्ञापन गरेको छ ।

sameti1युनियनका अध्यक्ष प्रकाश भट्टको अध्यक्षता एवं समितिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा वोल्ने वक्ताहरुले आ–आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई सुझाव दिएका थिए ।
उनीहरुले राप्ती समितिले विभिन्न सामाजिक कार्यमा देखाएको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि समाजमा हुने हरेक कृयाकलापहरुमा समितिको सहभागिता र सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा हालै तुलसीपुर खानेपानी निर्वाचनबाट कोषाध्यक्ष पदमा विजयी भएका समितिका सहायक कार्यालय प्रमुख सिताराम शर्मा, कार्यसमिति सदस्यमा निर्वाचित रञ्जन गौतम, पत्रकार महासंघको प्रदेश पार्षदमा निर्वाचित राप्ती समितिका कार्यालय प्रमुख डां. लोकराज पराजुली र समितिको प्रेस सल्लाहकारमा नियुक्त शरद रेग्मीलाई सम्मान एवं वधाई ज्ञापन गरिएको थियो ।

यस्तै कर्मचारी युनियनका सदस्य देवेन्द्र रावत अमेरिका जान लागेकाले विदाई गरिएको छ । कार्यक्रमको सहजिकरण युनियनका सचिव तिलक योगीले गरेका थिए ।