काठमाडौं, ९ चैत । लगातार तिन दिनको सुनुवाइपछि संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । प्रस्तावितमध्ये तिन राजदूतको नाम फिर्ता गर्नु पर्ने भन्दै समितिमा उजुरी परेको थियो ।

downloadसमितिले अनुमोदन सम्बन्धी पत्र बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । समितिका सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइपछि प्रस्तावित सबै राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको बताए ।

उनले भने, ‘सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । हामी आजै निर्णयको जानकारी सम्बनिधत निकायलाई पठाउँछौं ।’ समितिको अनुमोदनपछि अब सरकारले प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ ।

समितिले सोमवार अस्टे«लियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको थियो । यस्तै मंगलबार निरञ्जनकुमार थापा, शर्मिला पराजुली ढकाल, रमेश कोइराला, अर्जुन जंगबहादुर सिंह, प्रतिभा राणा र युवनाथ लम्सालको सुनुवाइ गरेको थियो ।

यस्तै, बुधवार प्रस्तावित राजदूतहरु भीम उदास, डा। चोपलाल भुसाल, प्रा। डा। विश्वम्भर प्याकुरेल, प्रा। डा। महेन्द्र सिंह, र पदम सुन्दासको सुनुवाइ गरेको हो ।

सिफारिसमा परेकामध्ये कतार, ओमन र इजरायलका लागि प्रस्तावित तिन राजदूतविरुद्ध चारवटा उजुरी दर्ता भएका थिए । सरकारले कतारमा रमेश कोइराला, ओमनमा शर्मिला पराजुली ढकाल र इजरायलका लागि निरञ्जन थापालाई राजदूतमा सिफारिस गरेको थियो । कतारका लागि प्रस्तावित राजदूत कोइरालाविरुद्ध एक उजुरी परेको थियो ।