काठमाडौं ९ चैत । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच १५ मिनेट मात्रै भेटवार्ता हुने भएको छ । प्रचण्ड सात दिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने झममा यो समय मिलाइएको हो ।
प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बाआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सीसँग दुई पक्षीय औपचारिक वार्ता गर्नेछन्।
आकस्मिक रुपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग १५ मिनेट मात्रै औपचारिक कार्यक्रम तय भएको चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई जानकारी दिएको छ।











