तुलसीपुर । शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरीले आफ्ना कार्यकर्तामाथि ज्यादती गरेको भन्दै राप्रपा दाङ क्षेत्र नं. ५ ले घोर भ्रत्सना गरेको छ । निर्बाचन आयोगले राष्ट्रिय पार्टीको बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको बिरोधमा निकालिएको जुलुसमा प्रहरीले एक्कासी लाठि प्रहार गरेको भन्दै घोर भ्रत्सना गरेको हो ।
राप्रपा क्षेत्र नंबर ५ का अध्यक्ष प्रमोद बस्नेतले मंगलबार एक बिज्ञप्ति जारी गरी भ्रत्सना गरेका हुन् । साथै यस्ता घटना नदोहो¥याउन र दोहोरिए त्यसबाट उत्पन्न हुने घटनाको जिम्मेवारी स्थानिय प्रशासनले लिनु पर्ने बिज्ञप्तिमा उल्लेख छ । साथै बिज्ञप्ति मार्फत निर्बाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय तत्काल सच्याउन माग समेत गरिएको छ ।
