तुलसीपुर, ८ चैत । चलचित्र पत्रकार सघं दाङले विभिन्न व्यक्तिहरुलाई सम्मान एवं बधाई ज्ञापन गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
सघं दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हालै तुलसीपुर खानेपानी संस्थाको निर्वाचनमा सचिव पदमा निर्वाचित नेपाली चलचित्र क्षेत्रका नायक मनोज लामिछाने र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा प्रेस सल्लाहकारको रुपमा नियुक्त भएका चलचित्र पत्रकार सघं दाङका सल्लाहकार शरद रेग्मीलाई सम्मान एवं बधाई ज्ञापन गरेको हो ।