चीनले पाकिस्तानलाई ब्यालेस्टिक मिशाइल, युद्धक विमान, युद्ध ट्याङ्कर बनाउँनका लागि मान्यता दिएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चीन र पाकिस्तान मिलेर ठूलो मात्रामा लडाकू विमान निमार्ण गर्दैछन् । दुवै देश आतंकवाद विरुद्ध सहयोग बढाउँन र आतंकवादसँग लड्न एक अर्कालाई सहयोग गर्न समेत सहमत भएका छन् ।

Pakistan333अफगानिस्तानमा प्रतिवन्धित तालिवानहरुलाई कावुलको शान्ती र स्थायित्वका लागि भन्दै वेइजिंग र इस्लामावाद मुलधारमा ल्याउने र मुल भूमिकामा पुर्याउने कसरतमा छन् । तालिवानवारे मस्कोमा भएको रुस,चीन र पाकिस्तानको संयुक्त वैठकले पनि त्यहि संकेत गर्छ ।

यतिवेला वेइजिंग भ्रमणमा रहेका पाकिस्तानी सेना प्रमुख कमर बाजवाले बिहीबार चीनका उच्च शैन्य अधिकारीसँग भेटघाट गरेका थिए ।भारतले गत जनवरीमा अग्नि –४ र अग्नि–५ नामका शक्तिशाली मिसाइलको सफल परीक्षण गरेको थियो ।

यस विषयमा ग्लोबल टाइम्समा प्रकाशित लेखमा भारतले यस्तो परमाणु परीक्षणको महत्वकांक्षा राखिरहे यस्तै प्रकारका मिसाइल निर्माणमा पाकिस्तानलाई सहयोग गर्ने लेखिएको थियो ।

शुक्रबार ग्लोबल टाइम्समा प्रकाशित खबर अनुसार चीनले पाकिस्तानसँग मिलेर लडाकु बिमानसँगै व्यालेस्टिक मिसाइल बनाउँने सहमति गरेका छन् ।भारतले काश्मिरमा गरेको सर्जिकल स्ट्राइक,व्लुचस्तानभित्र खेल्ने प्रयास र वेल्ट एण्ड रोड इनिसियटिभको विरोधले चीन–पाकिस्तान एक ठाउँमा पुगेका हुन् ।

ग्वादरपोर्टको चीन–पाकिस्तान साझेदारीमा अवरोधका लागि गरेका सवै प्रयासहरु असफल भएपछि भारतले साउथ चाइना सी मा अमेरिकासंगको सैन्य अभ्यासदेखि तिहारमा चिनिया पटकामा प्रतिवन्ध होलीका रङ एवं खेलौनाहरुमा पनि चिनिया सामानलाई किनारा लगाउन गरिएका कोशिसले चीन–भारत सम्वन्धमा चिसोपन वढ्दै गएको छ ।

त्यसैगरि भारतले एन एस जी को सदस्यता र अफजललाई वैश्विक आतंकवादी घोषणाका लागि चीनले असहयोग गरेको गुनासो गर्दै आएको छ । भारतले अरुणाञ्चलमा दलाई लामाको औपचारिक भ्रमणमा केन्द्रीय राज्यमन्त्री सहितको टोली खटाउने र केन्द्रीय सरकारका प्रतिनीधिले दलाई लामाको स्वागत गर्ने तयारी गरेपछि दुई देशको दुरी थप टाढिदै गएको हो ।

भारत चीनको वढ्दो दुरीबाट दक्षिण एसियामा सवैभन्दा वढी लाभ हाँसिल गर्न सकिने पाकिस्तानी रणनीति छ भने श्रीलंका पनि सक्दोलाभ उठाउने पक्षमा छ । वंगलादेशले पनि विस्तारै चीनसंगको सामिप्यता वढाउँदै गएको छ । नेपालमात्रै अहिलेसम्म भारतीय इशारामा नाचिरहेको दक्षिण एसियाको एउटै मुलुक हो ।

पछिल्ला दिनहरुमा लगातारका आकर्षक चिनिया अफर, उसको नेपालमा वढ्दो लगानी र नेपाललाई समृद्ध वनाउनसक्ने ड्रिम प्रोजेक्टहरुमा सरकारले साझेदारी कायम गर्नुपर्ने दवाव सरकारहरुले थेग्न सकिने अवस्था छैन । एशियन समाचर लाइ उद्दृत गर्दै  जनपाटी डटकममा खबर छ