mu

शालिकराम मुसाफिर

भात किन चाहियो, साथ मिले पछि
रात किन चाहियो, वात मिले पछि ।

दिनमै रमाउने, वानि परि सक्यो अब
किन पर्यो छल्न, हात मिले पछि ।।

डाह गर्ने सबै अब, जलि जलि रम्न देउ
तनमन मिल्यो, रातको साथ मिले पछि ।।।

रेखा कोर्न गारो छ, जति सहज भने पनि
अध्यारो गयो, जुनको माथ मिले पछि ।।।।