माधव बेल्वासे
कपिलवस्तु ५ चैत्र। कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्रसेवक सुरक्ष्ाँकर्मी तथा वरिष्ट समाजसेवि दिपक थापा र समाजसेवि तथा मोडल रहिस शाहले एक कार्यक्रमका विच ८ थान स्वेत पार्टी (वाईट वोर्ड) विद्यालय लाई हस्तानतरण गरेका छन । २०४७ साल स्थापनमा भई हाल २५० भन्दा वढि विद्यँर्थीलाई अध्यापन गराउदै आएको विद्यालयमा आर्थिक अवस्थाको कमिले अहिले सम्म कालोपार्टि र चक द्धारा पढाइएको थियो ।

17360748_1769390110045779_426051934_nशुक्रवार भएको हस्तानतरण कार्यक्रममा वोल्ने वक्ताहरुले समाजसेवि थापा र शाहलाई धन्यवाद दिदै प्रशंसा गरेका थिए । यस विद्यालयमा कालोपार्टी र चकको प्रयोग गर्दै आएको र चकको धुलोले क्यानसर रोग हुने भएतापनि विद्यालयमा आर्थिक अवस्था कमजोर भएकाले वाईट वोर्ड प्रयोग गर्न नसकेको विद्यालयका प्रअ राम विलास मण्डलले वताए ।

समस्यका बावजुत पनि विद्यालयमा शैक्षिक गुणस्तरको लागि आम समुदाय संग सहयोग मागेर भएर पनि विद्यालय पठन पाठन गरिरहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत व जिसि ले वताए । विद्यालयमा सवै जातजाति भाषा धर्मका विद्यँर्थीहरुले अध्यान गर्ने विद्यँलयमा दरवन्दि कम हुदा शिक्षक हरुलाई पनि विद्यार्थीहरु र अन्य ठाउ वाट सहयोग माग्नु पर्ने वाध्यता रहेको जिसिले वताए ।

विद्यालयमा सहयोगि हात वढाएकोमा थापा र शाहलाई विद्यालय व्यावस्थापन समितिका सस्थापक अध्यक्ष छन्द व सिह जिसिले धन्यवाद सहित दोसल्ला,मायाको चिनो र सम्मान पत्र ले सम्मान गरेका थिए । सोहि कार्यक्रमका अवशरमै २५ दिने शिक्षण सिकाईमा आएका ७ जना छात्र शिक्षिकालाई विदाई समेत गरिएको छ ।

१२ वर्ष देखि सुरक्षाकर्मीको रुपमा काम गर्दै आएका समाजसेवि थापा ले आफ्नो सम्पुर्ण तलव सामाजिक क्ष्ँेत्रमा खर्च गर्दै आएका छन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत व जिसिको अध्यक्षता , विद्यालय व्यावस्थापन समितिका सस्थापक अध्यक्ष छन्द व सिह जिसि को प्रमुख आतिथ्यता ,समाजसेवि दिपक थापा, रहिश शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा विद्यालय व्यावस्थापन समिति सदस्य,अभिभावक,विद्यार्थी,संचारकर्मिहरु उपस्थिति रहेको कार्यक्रम शिक्षक सिताराम चौधरिले संचालन गर्नुभएको थियो ।