तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौँ कार्यकालको नयाँ नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ । आज हुने चुनावमा बिजयी हुनेले अबको तीन बर्षसम्म तुलसीपुर खानेपानीको नेतृत्व सम्हाल्ने छन् ।

tulasipur khanepaniयसपटक अध्यक्षका लागि संस्थाका बर्तमान अध्यक्ष खेमराज वली र यातायात व्यवसायी यमकान्त भण्डारी चुनाबी मैदानमा उत्रिनु भएको छ । वलीलाई नेकपा एमाले,माओवादी केन्द्र,बैद्य माओवादी,बिप्लव माओवादी र राप्रपा गरी ६ राजनीतिक दलको समर्थन छ भने भण्डारीलाई नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीले समर्थन गरेका छन् । उहाँ खानेपानी उपभोक्ता बिच लोकप्रिय मानिनुहुन्छ । वलीले यसअघी तीन कार्यकाल सफलता पूर्वक तुलसीपुर खानेपानीको संस्थाको नेतृत्व सम्हाली सक्नुभएको छ भने भण्डारी यसअघी तुलसीपुर ट्याक्सी समितीको अध्यक्ष भएर लामो समय काम गर्नुभएको थियो । अध्यक्ष पदमा वली र भण्डारी बिच निकै प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

निवार्चन संयोजक अधिवक्ता बिष्णुमणी धितालका अनुसार उपाध्यक्षमा वली प्यानलबाट एमालेका झविलाल घिमिरे र भण्डारी प्यानलबाट नेपाली काँग्रेसका गिरीधारीप्रसाद पौडेलको उमेद्वारी परेको छ । सचिवमा वली प्यानलबाट एमालेका मनोज लामीछाने र भण्डारी प्यानलबाट काँग्रेसका शोभाराम केसीको उमेद्वारी दिनुभएको छ । सचिवमा पनि कडा प्रतिपष्र्धा हुने सम्भावना छ ।

कोषाध्यक्षमा वली प्यानलबाट माओवादी केन्द्रका सीताराम शर्मा र भण्डारी प्यानलबाट काँग्रेसका शीवप्रसाद शर्माको उमेद्वारी परेको छ । त्यसैगरी महिला सदस्यमा वली प्यानलबाट एमालेका बसन्ता केसी,बसन्ता सापकोटा,राजमोका मती भण्डारी चुनावी मैदानमा उत्रिनु भएको छ भने भण्डारीको प्यानलबाट कांग्रेसका भारता लामीछाने,जल्पादेवी दमाई,नयाँ शक्तिका शारदा सार्कीले उमेद्वारी दिनुभएको छ । त्यसैगरी खुला सदस्य तर्फ वली प्यानलबाट राप्रपाका प्रेमराज धिताल र चूर्णबहादुर केसीले उमेद्वारी दिनुभएको छ भने भण्डारी प्यानलबाट कांग्रेसका मेघराज न्यौपाने र रञ्जनकुमार गौतमले उमेद्वारी दिनुभएको छ । ईश्वरीप्रसाद गैरै खुला सदस्यमा स्वतन्त्र उमेद्वार हुनुहुन्छ । निर्वाचन समितीका अनुसार मतदान शनिबार बिहान ८ बजेदेखी बेलुकी ४ बजेसम्म संस्थाकै कार्यालयमा हुने छ ।

चुनढुंगा उत्खनन् गर्ने गोप्य सहमति
यसैबिच,तुलसीपुर खानेपानीको चुनाव जित्ने नाममा तुलसीपुरमा खानेपानीको हाहाकार बनाउने सम्मको हत्कन्डा अपनाइएको छ । अध्यक्षका एक आकांक्षीले ठेकेदार भानु देउवासँग आफूले जितेमा खानेपानी मुख्य मुहान रहेको राम्रीमा रहेको चुनढुंगा उत्खनन् गर्न दिने सहमती गरेको खुलेको छ । स्रोतका अनुसार एक अध्यक्षका आकांक्षीले ठेकेदार देउवाले आफ्नो चुनाव खर्च व्यहोर्ने शर्तमा उक्त गोप्य सहमति गरेका हुन् । ठेकेदार देउवा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका शोकीय सचिव एवं सहोदर भतिज हुन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार राम्रीको चुनढुंगा खानी उत्खनन् गरिए तुलसीपुरमा खानेपानीको हाहाकार हुनेछ । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा देउवाको मोबाइmल नम्बर 9851087288 मा सम्पर्क हुन सकेन् ।राप्ती टुडे अनलाइन बाट