काठमाडौं, ५ चैत । संयुक्त राज्य अमेरिकामा नेपाली भाषाले पनि अध्यापन हुने विषयका रूपमा मान्यता पाएको छ । त्यहाँको वासिङटन राज्यमा नेपाली भाषालाई औपचारिक रूपमा अध्ययन अध्यापनका लागि स्वीकार गरिएको छ । यसमा मोहन गुरुङ अर्थात् मोहनवीर गुरुङको ठूलो योगदान छ ।

amerikaप्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म नेपाली भाषाको अध्ययनलाई त्यहाँको राज्य सरकार र शैक्षिक संस्थाले अंक (क्रेडिट) दिनु नेपालीका लागि सुखद उपलब्धि पनि हो । नेपाली भाषालाई कुनै ठाउँमा तीन र प्रायः चार क्रेडिट दिइने व्यवस्था मिलाइएको छ । त्यसका लागि वासिङटन राज्यको एसिया प्रशान्त मामला हेर्ने आयुक्त कमिसनर मोहनको विशेष भूमिका रहेको छ ।

अमेरिकामा शैक्षिक संस्थामा अंग्रेजी विषयपछि दोस्रो भाषा पढ्ने प्रचलन हुन्छ । त्यस्तो विषय शैक्षिक संस्थाअनुसार व्यवस्था गरिएको हुन्छ । स्प्यानिश, जर्मन, फ्रेन्च, कोरियाली, हिन्दी जस्ता विश्वका विभिन्न भाषा ठाउँ र आवश्यकताअनुसार पढ्न पाउने व्यवस्था गरिएको हुन्छ । अन्नपूर्ण पोष्टबाट