काठमाडौं, ४ चैत । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि चुनावसम्बन्धी गतिविधिले पनि तीब्रता पाएका छन् । स्थानीय तहको चुनावका लागि भोलि शनिवारदेखि मतपत्र छपाईको काम शुरु हुने बताइएको छ ।
छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारबाट मतपत्र छाप्न सुरु गर्ने जनाएको छ । मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले बताए ।
मतपत्र छपाइ अवधिभर कर्णेलको नेतृत्वमा रहेको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने बताइएको छ । चुनावका लागि एक करोड ६० लाखप्रति मतपत्र छपिने तयारी भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माल जानकारी दिए











