शंकर केसी
सल्यान, ४ चैत । सल्यानको लुहामबजारमा गत फागुन ३० गतेबाट शुरु हुने भनिए पनि विविध कारणले स्थगित भएको ‘प्रथम त्रिवेणी गाउँपालिका खुल्ला भलिवल प्रतियोगिता’ अव यही चैत १३ गतेबाट शुरु हुने भएको छ ।
खेल क्षेत्रको विकास, दक्ष खेलाडी उत्पादन र त्रिवेणी तिर्थशाला धामको प्रचारप्रशारमा टेवा पु¥याउने उद्देश्यले खुल्ला भलिवल प्रतियोगीता राखिएको हो ।
साविकको फालावाङ गाविस र त्रिवेणी गाविसको चालु आर्थिक वर्ष २०७३ ०७४ का लागि खर्च हुने रकमबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको खेल संयोजक महादेवनाथ योगीले जनाएका छन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ७५ हजार, द्वतीय हुनेलाइ ५० हजार र तृतीय हुनेलाइ २५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
धार्मिक रुपमा महत्वपूर्ण मानिने त्रिवेणि तिर्थशाला धामको नजिकै प्रतियोगीता राखिएको र यसले धामको प्रचारप्रशारमा पनि भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।
