दाङ, ४ चैत । सबै नागरिकले हात्तीपाइले रोगबिरुद्धको औषधि नखाइदिँदा दाङमा झण्डै आधा दशकदेखिचलेको हात्तीपाइले रोगबिरुद्धको अभियान निष्प्रभावी देखिएको छ। छ वर्षदेखि लगातार दाङमा हात्तीपाइले रोगबिरुद्ध निःशुल्क खुवाउने अभियान चलिरहेको भए पनि अझै १२ प्रतिशत जिल्लाबासीमा हात्तीपाइले रोगदेखिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सिसहनिया र रामपुरमा नमूना परीक्षण गर्दा १२ प्रतिशतमा हात्तीपाइले रोगदेखिएपछि जिल्लाभरिनै यसकै हाराहारीमा रोगीहरु भएको अनुमानमा कार्यालय पुगेको छ।
‘हामीले सिसहनियामा तीन सय २३ जनामा परीक्षण गर्दा ३७ जना र रामपुरमा तीन सय ११ जनामा परीक्षण गर्दा ४२ जनामा यो राग देखियो’– जिल्ला जनस्वास्थ्य कार्यालयका मलेरिया फोकलपर्सन कमल चन्दले भन्नुभयो – ‘यसरी हेर्दा दाङको कूल छ लाख ११ हजार तीन सय २६ जनसंख्यामध्ये ५२ हजार जतिमा यो रोग भएको अनुमानमा हामी पुगेका छौ।’
त्यस्तै खुट्टा सुन्निएका, हाइड्रो सिल भएका र अन्य भाग सुन्निएका विरामी देखिन नछाडेको कार्यालयले जनाएको छ। दाङमा खुट्टा सुन्निएका विरामीको संख्या आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म क्रमशः ७९, ७५, २ र ४९ दे खिएको चन्दले जानकारी दिनुभयो। त्यस्तै हाइड्रो सिल भएका विरामीको संख्या २०६९/०७० देखि २०७२/०७३ सम्म क्रमशः चार सय १६, तीन सय ३५, १० र २ सय तीन देखिएको उहाँले जानकारी दिनुभयो । नयाँ गुगबोधबाट
