घोराही, ३ चैत । नागरिक मिडिया सेन्टर बुटवल रुपन्देहीले घोराहीमा आयोजना गरेको उद्घोषण तथा पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिमको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

सेन्टरका प्रवन्ध निर्देशक दिनेश पाण्डेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शितलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तालिममा सिकेको विषयलाई व्यवहारमा लागु गर्नुपर्ने बताएका थिए । उनीहरुले समय परिवर्तनसँगै पत्रकारितामा पनि प्रधिवीको विकास भएकाले यसमा नयाँ पुस्ता जानकार हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा ग्लोबल ईन्च्यूटका व्यवस्थापक हेमराज, प्रशिक्षार्थीहरु टिका के.सी, हेमन्ता कडेल, टिका शर्मा, गरिमा गुरुङ, भिमबहादुर रावत, विद्या बोहरा, तिर्सना डिसी, भिमबहादुर रावतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रशिक्षार्थी दिपेश लामिछानेले गरेका थिए । दश दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा सन्तोष सुवेदी, आर.के.शीतल र दिनेश पाण्डे रहेका थिए ।