काठमाडौं, ३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ्ग अन्त्य अँध्यारो यूगको अन्त्य भई उज्यालो यूगको सुरुआतको प्रतिक भएको बताएका छन् । यो नितान्त प्राविधिक कुरा मात्र नभएर समग्र विकासलाई नयाँ गतिदिने सुरुआत भएको उनको भनाई थियो ।
‘यो प्रतिकात्मक रुपमा अँध्यारो यूगबाट उज्यालोमा लैजाने यूगको सुरुआत हो’ नेपाल औषधी विक्री प्रवन्धक संघको सम्मानपत्र ग्रहण गर्दै उनले भने ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो ।’
प्रधानन्त्री ‘प्रचण्ड’ ले देशमा चौविसै घण्टा विद्युत उपलब्ध गराउन कठोर निर्णय गरेको भन्दै नेपालामा औषधी विक्रेताहरुको संस्था नेपाल औषधी विक्री प्रवन्धक संघले उनलेई सम्मान गरेको हो ।
यो सम्मानबाट सरकारलाई अझ गम्भिर रुपले काम गर्न जिम्मेवारी दिएको चुनौतीका रुपमा आफूले लिएको प्रधानमन्त्री दाहालले बताए । ‘यो समग्र विकासलाई नयाँ गति दिने सुरुआत हो’ ‘प्रचण्ड’ले भने, ‘अझ धेरै गर्न बाँकी छ ।’
अन्धकारबाट मुक्त हुँदा नेपालमा विभिन्न खालका औषधीहरु सुरक्षित राख्न सकिएकाले व्यवसायी र बिरामीलाई ठूलो राहत पुगेको संगठनका अध्यक्ष सुजित दत्तले बताए । उहाँले यसका कारण नेपालमा हेल्थटुरीजमको विकासका लागि पनि सहयोग पुग्ने बताए ।
