दाङ, ३ चैत । आजदेखि कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा (एसईई) परीक्षा शुरु भएको छ । पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा हुँदैछ ।

slc-students1दाङबाट परीक्षामा ११ हजार २ सय ९९ जना विद्यार्थी सम्मेलित हुदैछन् । जसमा छात्रातर्फ ६ हजार ८५ जना छन् भने छात्रतर्फ ५ हजार २ सय १४ जना रहेका छन् । जसमा नियमित तर्फ १० हजार ९ सय ७६ जना रहेका छन् । छात्रातर्फ ५ हजार ८ सय ७१ र छात्रतर्फ ५हजार १ सय ५ जना रहेका छन् । यसैगरी एक्जाम्टेडमा २ सय १४ छात्रा र १ सय ९ जना छात्र गरी ३ सय २३ जना रहेका छन् भने गे्रडबृद्धितर्फ २ सय जना परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

परीक्षाका लागि दाङमा ४२ वटा परिक्षाकेन्द्र निर्धारण गरीएको छ । ४२ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राअध्यक्ष, ५ सय २ जना निरिक्षक, २ सय ६१ जना सहयोगी र आवश्यकता अनुसार सुरक्षाकर्मी खटाइने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । यस वर्षदेखि एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) बनाइएको छ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको छ ।