तुलसीपुर , २९ फागुन । वडा प्रहरी कार्यालय घोराहीले ठूलो परिमाणमा ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही नगरपालीका ६ रझेना निबासी ३० बर्षका वसन्त सेजवालको साथबाट २२ पुरिया र लक्ष्मिपुर १ कुहिरेपानी निबासी ३४ बर्षका भुपबहादुर बुढा मगरको साथबाट २१ पुरिया अवैध लागुऔषध ब्राउन सुगर, रा ३ प ३४९६ नम्बरको टु ट्वान्टी मोटरसाइकल, ११ हजार ६सय रुपैयाँ नगद बरामद गरेको वडा प्रहरी कर्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर थापाले जानकारी दिए ।
गस्तीमा गएको प्रहरी टोलीलले सेजवालाई अम्बीकेश्वरी मन्दिर नजीकै संकास्पद लागेर खानतलासी गर्ने क्रममा ब्राउनसुगर फेला पारेको थियो भने बुढामगरलाई घोराही ४ बेलभारबाट सेजवालको बयानका आधारमा प्रहरीले पक्राउ गरेको थियो । राप्ती टुडे डटकमबाट
