इन्द्रेणी संवाददाता
घोराही २९ फागुन । निकट भविष्यमै रिलिज हुन थालेको नेपाली कथानक चलचित्र पर्शुरामले घोराहीमा होली मिलन साँगीतिक कार्यक्रम गर्ने भएको छ । यही फागुण ३० गते दिउसो १२ बजे घोराहीको बालमन्दिरमा कार्यक्रम हुनेछ ।

holi-ayoकार्यक्रममा राष्ट्रिय कलाकार टंक बुढाथोकी , भुमिका गिरी , शुसिला गौतम , बिक्रम थापा , सरस्वती लामा , रिना थापा मगर तथा चलचित्रकी नायिका जहान्वी बस्नेतको विशेष प्रस्तुती तथा अन्य थुप्रै स्थानिय कलाकार हरुको प्रस्तुती रहनेछ ।

सर्वसाधारणहरुसँग होली खेलेर साँगीतिक कार्यक्रम गर्ने गरी कार्यक्रमको तयारी गरिएको कार्यक्रमका संयोजक महेन्द्र बुढाथोकीले जनाएका छन् साथै कार्यक्रममा उपस्थित भै कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण कलाप्रेमी महानुभाव हरुलाई संयोजक बुढाथोकीले अनुरोध गरेकाछन ।