घोराही, २८ फागुन । नेपाल राष्ट्रिय बाणिज्य संघ घोराही उपमहानगपालिकाको शनिबार सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । गत बर्ष गठन गरिएको तदर्थ समितिले आयोजना गरेको अधिवेशनले एकनारायण पौडेलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष नारायण राना क्षेत्रि, सचिव शालिकराम थापा, सह सचिव शालिकराम खनाल, कोषाध्यक्ष केशव भट्टराइ हुनुहुन्छ । यस्तै सदस्यहरुमा काशिराम नेपाल, मुकेश भुषाल, दामोदर गौतम, अञ्जन पौडेल, दुर्गा खत्री, हुर्मत चौधरी, कृष्ण पौडेल र यमलाल घिमिरे छन् ।
\यसअघि प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन नेपाल राष्ट्रिय बाणिज्य संघ दाङका अध्यक्ष जितवहादुर केसीले गरेका थिए । अध्यक्ष एकनारायण पौडेलको अध्यक्षतामा एवं केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्नेहरुले नेपालको राजनीतिक अस्थिरताले व्यवसायीहरु मर्कामा परेको बताएका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधवप्रसाद शर्मा, नेकपा एमाले दाङका सदस्य शरद अधिकारी, नेकपा एमाले घोराहीका अध्यक्ष लक्षिण बुढामगर, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, राष्ट्रिय बाणिज्य संघका सल्लाहकारहरु सुन्दर गौतम र उपेन्द्र खड्का, बचत तथा ऋण सहकारी संस्थाका जिल्ला अध्यक्ष अञ्जन पौडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य अनिल आचार्य, फेन्सी व्यवसायी समितिका अध्यक्ष एकराज खनाल लगायतले बोलेका थिए ।
