गोविन्द खड्का
घोराही, २८ फागुन । कर्मचारी मिलन केन्द्र घोराही केचेरा थुपार्ने क्षेत्र बनेको छ । भवनको पश्चिमतिर ठुल्ठुला थुप्रा प्लाष्टिक जन्य फोहर छन् । भवनका आडले दिसा पिसाव गर्नेहरुको दुर्गन्ध पनि व्याप्त छ ।

100_6257ठुलो क्षेत्र भएपनि एक सासे लगाएतको झाडिले खुम्च्याएको छ । त्यस संगै मिच्दै ल्याएको छ फोहरका थुप्राले । कुना बाट फाल्दै आउदा गेट सम्मै फोहर छ । मुल ढोकामा समेत प्लागिटकका गिलास र अन्य कचेराको बुझो लागेको छ । झर्लक्क हेर्दा व्यवारीसे घर भनेर सुहाउदो छ ।

उत्तरी क्षेत्रको चौरमा हरेक दिन जसो कार्यक्रम हुने गरेका छन् । तिनले उत्पादन गर्ने फोहर फाल्ने क्षेत्र केन्द्रको पश्चिम क्षेत्र भएको छ । त्यहा चिया नास्ता खाएका गिलास प्लोट देखि पानी खाएका बोतलहरु छन् । कुनै पनि कार्यक्रम आयोजकले फोहर जम्मा गरेर बाटोमा ल्याउदैनन् । नगर पालिकाको सरसफाइ गा िड पनि भित्र गएर सफा गरेको होईन कि जस्तो छ ।

100_6270द्धन्द्धपिडित अमर प्रहरी परिवारको बैठक बस्न बिहिवार भेला हुदै थिए । वरपरको अस्त व्यस्त र फोहरले गर्दा सबैजसोले नाक खुम्चाएका देखिन्थे । ‘यस्तो व्यथिति कर्मचारीले गरेपनि सर्बसाधारणलाई के भन्ने ?’ उनिहरुले प्रश्न गरे ‘घोराही नगर पालिका अन्त बढार्न जानुभन्दा यतैको फोहर उठाए हुन्थ्यो कि ?’

एका छेउमा बसेका उनिहरु पालै पालो फोहर हेर्न भवनको चारैतिर जान्थे । तर नाक खुला पारेर हिड्न सक्ने अबस्था थिएन । न त गन्धले एक ठाउमा अडिन दिन्थ्यो । ‘यस्तो ज्यादति गर्दा पनि किन नबोलेका होला ?’ अमर प्रहरी परिवारका सचिव कमला चन्दले भन्नुभयो, ‘बजारका पसले र गाउ घरका सर्बसाधारणलाई सिकाउनेले पैला आफु गरेर देखाउनु पर्छ ।’ घोराही बजारको मुख्य केन्द्र बैकरोडमा एउटा प्लाष्टिक भेटाउन पनि मुश्ील छ । कर्मचारीको केन्द्र भने कचेराको क्षेत्र बनेको छ ।