तुलसीपुर, २८ फागुन । नेपाल औषधि ब्यवसायी सघ राप्तीको अध्यक्षमा भुवनेश्वर वुढामगर निर्विरोध चयन भएका छन् । आज सम्पन्न संघको आठौंंै अधिवेशन तथा साधारण सभाबाट उनी तीन वर्षका लागि अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै थोक उपाध्यक्षमा युवराज धिताल र खुद्रा उपाध्यक्षमा बिष्णु पौडेल, महासचिवमा राजेन्द्र श्रेष्ठ, सचिवमा निमकुमार रावत, कोषाध्यक्षमा प्रभात घिमिर र उपकोषाध्यक्षमा गिरिराज न्यौपाने चयन भएका छन् ।
निर्वतमान अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षता तथा संघका पुर्वअध्यक्ष यमप्रसाद गुप्ताको प्रमुख आतित्थ्यतामा भएको अधिवेशन उदघाटन कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल, पुर्वअध्यक्षद्धय मदन धिताल , ताराबहादुर थापा , रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, ब्यवसायीहरु बालकुमार घर्ती, दामोदर पौडेललगायतले आफना विचार राखेको थिए ।
