जनकपुर, २४ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियानलाई अवरोध गर्दा सोमवार सप्तरीमा भएको गोलीकाण्डपछि आक्रोशित बनेका मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्ने खतरा वढेको छ ।

ind (2)एमाले अध्यक्ष केपी ओलीलाई कडा कारबाही र गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा मांग्दै बाँस जनकपुरमा मोर्चाका कार्यकर्ताहरुले भाठासहित प्रदर्शनमा उत्रेपछि आन्दोलन उग्र र हिंसात्मक बन्ने खतरा वढेको हो ।

तीनजनाको मृत्युपछि आक्रोशित बनेका आन्दोलनकारीहरुले विहानैदेखि जनकपुरको चोक चोकमा विरोध प्रर्दशन गर्दै सवारीसाधनमाथि ढुंगामुडा समेत गरेका छन् । आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै जनकपुरको पिडारी चोकमा ना ७ ख २२६३ नम्बरको टिपरमा तोडफोड समेत गरेका छन् ।

ind (1)सप्तरी गोलीकाण्डको विरोधमा मोर्चाले दुई दिन मधेश बन्द आह्वान गरी प्रदर्शनमा उत्रेको छ । बन्दका कारण जनकपुर, सप्तरीसहित तराईको जनजीवन प्रभावित बनेको छ । मोर्चाले आह्वान गरेको बन्दका कारण छोटो तथा लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्था, उद्योग कलकारखाना, पसल, सरकारी तथौ गैरसरकारी कार्यालय पूर्ण रुपमा ठप्प छन् ।

त्यसैगरी सप्तरीमा सरकारी कार्यालयमा तोडफोड र आगजनी, मनवअधिकार आयोग गाडीमा आक्रमण भएको छ । मंगलबार पनि सप्तरीमा मोर्चाका कार्यकर्ता र प्रहरीका बीचमा झडप भएको छ ।

त्यस्तै नेकपा एमालेको लाहन चोकमा रहेको सिरहा क्षेत्र नं. १ को क्षेत्रीय कार्यलयमा मोर्चाका कार्यकर्ताले तोडफोड र आगजनी छन् ।
जनकपुरमा मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन्

त्यस्तै विरगञ्जको घण्टाघर चोमा ना ५ ख १८९५ नम्बरको ट्रक तोडफोड गरेका छन भने कपिलवस्तुमा एमाले पार्टी र अध्यक्ष केपी ओलीका विरुद्धमा नाराबाजी गर्नुका साथै तौलिहवाको मखन होटल र दुई वटा गाडीमा तोडफोड गरेका छन् ।  मोर्चाले बन्द आह्वान गरेपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।