राजविराज, २३ फागुन । मेची–महाकालि अभियानअन्तर्गत नेकपा एमालेले आमसभा गर्ने भनेको सप्तरीको राजविराज विहानैदेखि मधेसीमोर्चाका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

morchaसडकमा नारावाजी र प्रदर्शन गर्दै उनीहरुले सभास्थल कव्जामा लिएका हुन् । मोर्चाको नारावाजीका कारण राजमार्गमा गाडीसमेत कम चलेका छन् । विहानै लाठी जुलुश प्रदर्शन गरीरहेका मोर्चाका कार्यकर्ताले एमालेलाई प्रवेश निधेषको समेत घोषणा गरेको दावी गरेका छन् ।

यता एमालेले राजविराजचोकमा यसभन्दा अघि गर्ने भनेको कार्यक्रम सारेर औधोगिक क्षेत्रमा लगेको छ । मोर्चाको चक्काजामका कारण राजविराजको अवस्था सामान्य छैन । प्रहरीले भने एमालेको कार्यक्रमलाई उच्च सुरक्षा प्रदान गर्ने र झडपको अवस्था आउन नदिने बताएको छ ।