प्यूठान, २३ फागुन । प्यूठानमा कृषि पर्यटन तथा औद्योगिक पर्दशनी मेला–२०७३ हुने भएको छ । प्यूठानको विजुवारमा भोलि मंगलवारदेखि चैत ३ गतेसम्म मेला सञ्चालन हुने भएको छ ।
फोटो :फाइल
कृषि पर्यटन तथा औद्योगिक प्रचारप्रसार पर्वद्धनका लागि महोत्सव हुन लागेको आयोजकले बताएको छ । स्वाभिमान एकीकृत ग्रामीण विकास संस्था बिजुवार प्यूठानको आयोजना र प्यूठान नगरपालिका विजुवारको सहआयोजनामा मेला हुन लागेको हो । मेलामा नेपाली गीतमा नाच्ने उट, चौरी गाई, एसियाको सबैभन्दा होची महिला मञ्जु घिमीरे मुख्य आकर्षकको रुपमा रहने मेलाका कार्यक्रम निर्देशक बिराज विष्टले जानकारी दिएका छन् ।
मेलामा राष्ट्रिय स्तरका चर्चीत कलकारहरुको प्रस्तुती रहने पनि उनले जानकारी दिए । जसमा नायक राजेश हमाल, गायिका कोमल वली, लोकदोहारी कलाकारहरु बद्री पंगेनी, पशुपति शर्मा, नायिका झरना थापा, गायक रामजी खाँण, सदाबहार गायक जीवन शर्मा, लोकदोहारी गायकह? विष्णु खत्री, कृष्ण रेउले, गायीका ज्योति मगर, पप गायक कमल खत्री, लोकदोहोरी गायीका भुमीका गिरी, झलक संगीतम, गोविन्द मधुर आचार्य, हर्के हवल्दार लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । साथै भोली मंगलवारदेखी विजुवार खेल मैदानमा सु? हुने मेलामा सहभागी हुनकालागी सम्पूर्णमा कार्यक्रम संयोजक विराज विष्टले आमन्त्रण पनि गरेका छन् ।
‘कृषि पर्यटन उद्योग प्रवद्र्धन योगाध्यान शिविर सञ्चालान प्यूठान जिल्ला योगामय वातावरण निर्माण गरौ’ भन्ने मूल नाराका साथ योेगाहल निर्माण सहयोगार्थ स्वाभिमान एकीकृत ग्रामीण विकास संस्थाद्धारा सञ्चालित मेलाको संरक्षकमा पतञ्जली योगा समिति प्यूठान, स्.वर्गीय माधवा स्मृति अक्षयकोष प्यूठान, पतञ्ज्ली आयुर्वेद योगा भण्डार प्यूठान, जुग्री परिवर्तनशील युवा समूह प्यूठान र उद्योग वाणिज्य संघ प्यूठान रहेका छन् ।
