बाँके, २२ फागुन । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेका वेला बाँकेमा चुनावका लागि २७ वटा राजनितिक दलले निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराएका छन् ।

votingजिल्लामा क्रियाशील प्रमुख राजनितिक दलहरु लगायत अन्य बिभिन्न दलगरी २७ वटा दलले निर्वाचनका लागि आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी जिल्लाको मतदाता संख्या २ लाख ४० हजार ९ सय ८७ पुगेको सो कार्यालयले जनाएको छ । नेपालगञ्जस्थित निर्वाचन कार्यालयले संकलन गरेको असोज समान्त सम्मको लगतमा जिल्लामा २ लाख ४० हजार ९ सय ८७ जना मतदाता तय भएको निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए । तीमध्ये १ लाख १७ हजार ८ सय ३ जना महिला र १ लाख २३ हजार १ सय ८३ जना पुरुष र १ जना अन्य रहेका छन् ।

फागुन १ गतेदेखि ९ गतेसम्म दावी विरोधको अवधि राखिएको थियो । फागुन १० पछि मतदाता नामावलीको क्रसचेक, कागजातहरु परीक्षण, मृत्यु भएको मतदाताको लगत सम्पादन, ठाउँसारी लगायतको विवरणमा काम भइरहेको छ, सूचना अधिकृत अधिकारीले भने, मतदान स्थल र मतदान केन्द्र निर्धारण तथा अवलोकनको काम समेत अघि बढेको छ ।