जनक नेपाली
दाङ २१ फागुन । दाङ,जिल्लामा क्रियाशिल बिभिन्न सञ्चार संगठनले पत्रकार महासंघ दाङको दशौ अधिबेशनबाट निर्वाचित महासंघ नयाँ कार्य समितिलाई स्वागत सम्मान गरेको छ । प्रेस युनियन, प्रेस चौतारी,प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपालले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी स्वागत एवं सम्मान गरेको हो ।
अधिवेशन बाट निर्वाचित सम्पुर्ण कार्य समितिका पदाधिकारीहरुलाई पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यपश्चिम सहसंयोजक अजयदीप शर्माले प्रमाणपत्र प्रदान गर्दै टिका खादा लगाएर सम्मान गर्नु भएको थियो । त्यस अबसरमा बोल्दै प्रमुख अतिथी शर्माले दाङको पत्रकारिता क्षेत्रलाई फराकिलो बनाउन भुमिका निर्वाह गर्नु पर्ने वताउनुभयो ।
शर्माले पत्रकार महासंघले आफ्नो साझा चरित्र देखाउँनु पर्र्ने उल्लेख गर्दै बार्षिक कार्ययोजना बनाएर अगाडी बढ्न सुझाव दिनुभयो । पत्रकारहरुको साझा संगठन पत्रकार महासंघ बलियो भएमात्र श्रमजीवी पत्रकार बलिया हुने भन्दै श्रमजिवी पत्रकार हितकोष स्थापना गर्नु पर्नै वताउनुभयो । त्यस अबसरमा बोल्दै पत्रकार महासंघ दाङका निवर्तमान एवं विशिष्ट अतिथी अध्यक्ष सुदीप गौतमले महासंघका आउने सम्पूर्ण नेत्रित्वले दलिय आस्था त्याग्नु पर्ने वताउनुभयो ।
प्रेस सेन्टर दाङका बरिष्ट उपाध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नव निर्वाचत अध्यक्ष सविन प्रियासन, महासंघ पूर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, पूर्व अध्यक्ष एवं सल्लाहकार के.एल. पिडित, लगायतले वोल्नु भएको थियो । प्रेस युनियन दाङका अध्यक्ष शुसिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पे्रस चौतारी दाङका अध्यक्ष टिका बस्नेतले गर्नु भएको थियो । धन्यवाद ज्ञापन मिडिया नेपाल दाङका संयोजक रोषणमान श्रेष्ठले गर्नु भएको थियो ।
