दाङ २१ फागुन । पुर्बसांसद शान्ता चौधरी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनिति भएकी छिन् । एमाले स्थायी कमिटी बैठकले पुर्ब कम्लरी दाङकी चौधरीलाई सदस्यमा मनोति गरेको हो । झापामा बसेको बैठकले चौधरीसहित अन्य १९ जनालाई सदस्यमा मनोनित गरेको हो । चौधरी बाल्यकालमा अर्काको घरमा कम्लरी बस्न बाध्य छिन् ।
कम्लरी बस्दाको पीडा बुझेको चौधरीले अहिले कम्लरी उन्मुलनका लागि चर्को आवाज उठाउदै आएकी छिन् । साथै भुमिमा महिलाको अधिकार सम्बन्धि आवाज उठाउदै आएकी चौधरीलाई एमालेले समानुपातिक सांसद बनाएको थियो ।
चौधरी संविधान सभा अन्तरगतको प्राकृतिक स्रोत साधन समितिको सभापति पदमा रहेर जिम्मवारी निर्वाह गरिसकेकी छिन् , भने उनी नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुन । पढाईको महत्व बुझ्दै उनी अहिले कक्षा नौ मा अध्ययनरत छिन् । शैक्षिक योग्यता नहुदा भोग्नुपरेको पीडालाई आत्मसात गरी गत बर्ष मात्रै उनले कक्षा ८ को परिक्षा दिएकी हुन् ।
