१८ जेठ, काठमाडौं । फुटबल खेलाडी विलम घर्ती मगरकी बहिनी मनिषाको हत्या कि आत्महत्या भन्ने कुरा पास्टमार्टम रिपोर्ट आए पनि अझै प्रष्ट हुन सकेको छैन । manisha hanging१७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै  घरमा मृत भेटिएकी थिइन् ।   प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो । उनको शव शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको थियो । मंगलबार विहान प्रहरीलाई बुझाइएको पोस्टमार्टम रिपोर्ट अनुसार घाँटीमा भएको प्रेसरले मृत्यु भएको देखिन्छ ।’ अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार मनिषाको गालामा सामान्य चोट छ भने घाँटीमा २५ सेन्टिमिटरको डाम छ र सलको आकारसँग मिल्दोजुल्दो छ । उनले  भने, हामीले हृयाङ्गिङबाट मृत्यु भएको रिपोर्ट बुझाएका छौं ।’ हृयाङ्गिङको अर्थ आत्महत्या (आफैं झुण्डिएको) वा हत्या (अरुले झुण्ड्याएको) भन्ने भन्न नसकिने भन्दै उनले यो प्रहरीले अनुसन्धान गर्ने बताए । मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी आशिषचौधरीलाई नियन्त्रणमा लिएको छ । र, उनले घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् । उनका अनुसार झगडापछि आफू बरण्डामा आएर सुतेको र पछि उठेर हेर्दा मनिषा झुण्डिएको अवस्थामा देखेपछि सल खोलेका थिए । तर, त्यसबेलासम्म मनिषाको मृत्यु भइसकेकाले उनलाई त्यही छाडेर आफू सल लिएर गएको आशिषले बयान दिएका छन् ।