संजय कुशवाहा
नवलपरासीमा सशस्त्र प्रहरीले गरेको लाट्ठीचार्जबाट ८ सर्वसाधारण घाईत भएका छन् । नवलपरासी जिल्लाको बैदौली गाउ विकास समिति वार्ड न. ५ श्रीरामपुरमा गए राती ८.३० बजे जमीनको बिबाद दुई पक्षबीच बिबाद भएको थियो सो विवादलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठीचार्ज गरेको हो ।उक्त विवादको सूचना पाएपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले दुई पक्षको विबाद नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको थियो ।
सो घटनामा बैदौली ५ बस्ने ३० वर्षीय आसमा खातुन,२२ वर्षीय अजहर अली, २७ वर्षीय सद्दामहुसैन, १३ वर्षीय रियाज अन्सारी, ५० वर्षीय हसिबुन नेशा, ५० वर्षीय अमिरुन नेशा, र ५६ वर्षीय कासीम अली घाईते भएका छन् ।घाइतेलाई नजिकको क्लिनिकमा उपचारको लागि पठाईएको परिवारिक स्रोतले जनाएको छ । सो विबाद समान्य हुदा हुदै पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी घाइते तुल्याएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।