इन्द्रेणी संवाददाता
अमेरिकाको बोस्टन तामाङ् समाजले धुर्मुस–सुन्तली फाउन्डेसनलाई ६ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसन हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गर्दै आएका छन् । कट्टेल दम्पतीले भूकम्पपीडितका लागि निर्माणाधीन सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणका लागि कम्पनीले सहयोग उपलब्ध गराएको हो ।
तामाङ् समाजले सहयोग रकम प्रभु मनी ट्रान्सफर बाट सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको फ़ाउण्डेसनका नाममा पठाएको सुभाष तामाङ गोलेले जानकारी दिए । नेपालबाट रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका लागि अमेरिका गएका मानिक लामा, बिजय तामाङ, प्रेम तामाङ लगायतका लगायत बोस्टनका तामाङहरुले हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले संचालन गरेको फाउन्डेसन मार्फत गिरानचौरका जनता हरुलाई सहयोग गरेका हुन्
हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले ” धुर्मुस–सुन्तली फाउन्डेसन ” नामक संस्था स्थापना गरी सोहीमार्फत गत वर्ष आएको भूकम्पबाट घरबारविहीन काभ्रेपलान्चोक पाँचखाल डाँडागाउँअन्तर्गत पहरे बस्तीमा एकीकृत नमुना बस्ती निर्माण गरी अल्पसंख्यक पहरी जातिलाई हस्तान्तरण गरेका थिए । कट्टेल दम्पतीले यस वर्ष सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु गरिसकेका छन् ।
