गोविन्द खड्का
दाङ, १८ फागुन । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टलाई घोराहीमा स्वागत गरिएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सचिवालयमा विशेष कार्यक्रम गरी सम्मान गरेको हो ।
‘न्युता गर्नुभएकोमा खुशी छु’ भनेर मन्तव्य थालेका महानिर्देशकले पश्चिमसंग दोहारो सम्वन्ध भएको बताए । यसै क्षेत्र घर भएका महानिर्देशकले पछि आफैलाई चाहिने हो भन्ने सम्झिएर काम गर्ने बताए ।
तुलसीपुर घर भएका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख डिई चोकप्रसाद धिताललाई भोलीको उपभोक्ता हुने सम्झिएर काम गर्न सल्लाह दिए । प्रमुख धिताललाई सम्भावना अध्यनगरी योजनाहरु सिफारिस गर्न आग्रह गरे । बजेटको व्यवस्था, योजना स्विकृत लगायतमा चिन्ता नगर्न महानिर्देशकको निर्देशन थियो ।
सामान्य भईरहने कुराभन्दा फरक तरीकाले अघि बढ्न खोजेको महानिर्देक भट्टको स्पष्ट पारे । पातुखोला र कटुवाखोलामा हाईड्याम बनाउने योजनाका सम्भाव्यता अध्यन यसै बर्ष हुने जानकारी दिए । देशभर आठवटा बनाउने हाईड्याम्प दाङमा मात्रै दुईवटा बन्न लाग्नु खुशीको कुरा भएको जानकारी दिए ।
