गोविन्द खड्का
घोराही, १८ फागुन । लिटिल एञ्जल स्कुल घोराहीमा सोमवार विज्ञान कला प्रदर्शनि तथा पुरस्कार वितरण कार्याक्रम भएको छ । रझेना श्रोतकेन्द्रका श्रोत व्यक्ति रामप्रसाद जैसीको प्रमुख आतिथ्यमा दर्जनौ पुरस्कार वितरण गरीयो । खेलकुद, लेखन, वाचन, सरसफाइ, स्कुलड्रेस, अनुसासन लगाएत विभिन्न विधाका उत्कृष्ठ सय बढि विद्यार्थीलाई पुरस्कार, मेडल तथा सम्मानपत्रले सम्मानीत गरियो ।

100_6206त्यससगै विज्ञान कला प्रदर्शनि अवलोकन गराईएको थियो । कक्षा चारदेखि १० सम्मका विद्यार्थीहरुले बनाएका बिबिध कलाकौशल बारे विद्यार्थीहरु करण रोका सन्देश विएम लगाएतले जानकारी दिएका थिए । विज्ञान कक्षका भित्ताभरी विभीन्न चित्रहरु टा“सिएको छ । कक्षाको बिचमा बेञ्च राखेर प्रविधिहरु सजाईएको छ । विद्यार्थीहरुले डोजर, स्काभेटर लगाएतका निर्माण सामाग्री चलाएर देखाए । पानीजहाजलाई फराकीलो बाटा भरीएको पानीमा कुदाए । व्याटिबाट डुंगा पौडिएको देखाए ।

अतिरिक्त कृयाकलापमा विद्यार्थीहरुले निर्माण गरेको विज्ञान शिक्षक पवन शर्माले जानकारी दिनुभयो । खोल्ने, ताच्छने, प्वालपार्ने लगाएत हरेककाम हातैले गरेको शिक्षक शर्माको भनाई थियो । काठ, फालेका व्याटि, चुडिएका तार, च्यातिएका पत्रिका, अण्डाको खोस्टा, लगाएतका सामाग्री प्रयोग गरीएका छन् । त्यसैबाट प्रोजेक्टर, दुरविन, बैंकको एटियम, मिक्सर लगाएत प्रविधि बनाएका छन् । उनिहरुले स्वचालित फोहर निकाल्ने भ्याकुम लगाएतका प्रविधि तयार गरेका छन् ।

‘हाम्रै केटाकेटिले यत्रो गरे ?’ अवलोकनका क्रममा श्रोत व्यक्ति जैसीको प्रश्न थियो, ‘ल हेर्नुस त एतोपो गरेछन ?’ चौतर्फि विकासले खुशि देखिएका जैसीले सामुदायीक विद्यालय एक सय ९० दिन नखुल्दा दुईसय २० दिन सम्म चलाएर संस्थागत विद्यालयले उचित गरेको टिप्पनी गर्नुभयो । समाजमा प्रभाव नदेखिएका सानातिना चाडपर्वमा विदा नगर्ने चलन विद्यार्थी र विद्यालयको हितका लागि भएको जैसीको दावि थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, पत्रकारहरु अमरराज आचार्य, निशान दाजु भटराई लगाएतले विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रिन्सीपल विमल कुमार रोकाले र सञ्चालन प्रिन्सीपल यादव गरीले गरेका थिए ।